नियम १८८
वार्षिक विवरण पेश गर्नु पर्ने
विद्यालयले प्रत्येक शैक्षिक वर्ष समाप्त भएको एक महिनाभित्र देहायका विवरणहरु जिल्ला शिक्षा कार्यालयमा पेश गर्नु पर्नेछः–
(क) कक्षागत रुपमा विद्यार्थी विवरण,
(ख) कक्षागत रुपमा उत्तीर्ण विद्यार्थीको विवरण,
(ग) कक्षागत रुपमा प्रदान गरिएको छात्रवृत्ति सम्बन्धी विवरण, र
(घ) विद्यालयले गरेको कुल आय व्ययको विवरण ।